३ पुस २०८२, बिहिबार | December 18, 2025

अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने



नेपालगन्ज । अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ ।सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएसँगै भेरीमा एमडी/एमएसको पढाई हुने भएको हो ।

संघीय अस्पताल भएपनि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु संचालन हुन नपाइरहेको अवस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पताललाई आंगिक अस्पतालका रुपमा स्वीकृत दिएको हो । अवदेखि वीर अस्पतालमा एमडी/एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भएपनि अध्ययन भने उनीहरुले भेरी अस्पतालमा गर्ने छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा।राजन पाण्डेका अनुसार भेरी अस्पतालको मातहतमा वीर अस्पतालबाट भर्ना लिएकाहरुले एमडी/एमएसको अध्ययन पूरा गर्नेछन् । योसँगै भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने डा. पाण्डेले विश्वास व्यक्त गरे ।

न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि संचालनका लागि गएको फागुन २२ गते भेरी अस्पतालका मेसु डा. बद्रि चापागाईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका थिए । पत्र पठाएको तीन सातापछि सरकारले शैक्षिक गतिविधि संचालनका लागि भेरी अस्पतालसँगै भरतपुर अस्पताललाई स्वीकृति दिएको हो ।

यसअघि भेरी अस्पतालमा केही समय सिमित बिषयहरुमा एमडीरएमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिएपनि त्यो नियमित हुन सकेको थिएन् ।

पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको अस्पतालले जनाएको छ

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ४५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका