७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ



काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।

उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ ।

उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौँ बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिकहरू हुवाङ्ग हुआनरोङ, छु फुजियाङ्ग, लान फुजियाङ्ग, छि गुओई, छि सुयाङ्गदी, गाओ मिङ्ग, इचोउ पिङ भिङ्ग, छेन दुर लिन र लि जियान होङ्ग छन् ।

उनीहरुबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : ५२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल