१ चैत्र २०८२, आइतबार | March 16, 2026

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ : प्रधानमन्त्री प्रचण्ड



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरुको शपथ गराउने तयारीमा रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताएका हुन् । उनले सकभर आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, प्रचण्डले भने, ‘आज नसकिए भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ ।’

प्रचण्डले राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यसपटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए । उनले चितवनको विकासमा आफु लागिरहने प्रतिवद्धता पनि जनाए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ५४ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन