१ चैत्र २०८२, आइतबार | March 16, 2026

प्रधानमन्त्री प्रचण्डले भारतसँग भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सक्दैनन् : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा जाँदा सीमा अतिक्रमणको विषयमा बोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन् ।

तर, प्रधानमन्त्री प्रचण्डले भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न नसक्ने ओलीको दाबी छ । सीमा अतिक्रमणका विषयमा बोल्दा सरकार ढल्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नेपाली भूमिमाथिको दाबेदारी प्रस्तुत नगर्ने अध्यक्ष ओलीले ठोकुवा गरे ।

प्रधानमन्त्री विदेश (भारत) भ्रमण जान लागेको बताउँदै अध्यक्ष ओलीले सो क्रममा नेपालको भूमिमाथिको दाबेदारी प्रस्तुत गर्न सुझाव दिएका हुन् । साथै उनले भारतबाट अतिक्रमण भएको नेपाली भूमिबारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे ।

भारत भ्रमणको सूचना ओलीलाई कसरी प्राप्त भयो भन्ने विषयमा भने उनले खुलाएनन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ४ : ५२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन