८ पुस २०८२, मंगलबार | December 23, 2025

निर्वाचन आयोगबाट उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत, १२ हजार बढी मतदाता थप



काठमाडों । आगामी बैशाख १० गते हुने उपनिर्वाचनसमेतका लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावली बमोजिम आयोगबाट ९ बैशाख २०८० साल सम्म १८ वर्ष उमेर पुग्ने नागरिकहरुको मतदाता नामावली प्रकाशन गरिएको हो ।

आज प्रशाशित नामावली अनुसार नेपालमा महिला मतदाता ८८ लाख ५८ हजार ०४६, पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ जना र अन्य १८५ जना गरी जम्मा १ करोड ८० लाख १ हजार ५६६ जना रहेका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी जम्मा १ करोड ८९ लाख ८८ हजार ५७० जना रहेकोमा हाल १२ हजार९९६ मतदाता वृद्धि भएको आयोगले जनाएको छ ।

उप निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा १ लाख ५ हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १८५ घटी १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।

यसैगरी आयोगको निर्णयानुसार उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदानकेन्द्र कायम भएको छ । सो अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदानकेन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ८२ मतदानस्थलमा १३७ मतदानकेन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने छन् । उक्त क्षेत्रहरुमध्ये चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् भने बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ ।

आयोगको निर्णयअनुसार चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्लामा दर्ता स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य २०७९ माघ २ गतेदेखि यथावतजारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जनाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : १७ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त