१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

लाहुरे ठाडो भाका ल्याउँदै गायक खड्क गर्बुजा र ताराश्री



काठमाडौं । नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाले ‘लाहुरेः ठाडो भाका’ लिएर आउँदैछन् ।

लोकदोहोर क्षेत्रमा कालिगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने जस पाएका गर्बुजालाई गायनमा ताराश्रीष मगरले साथ दिएकी छन् ।  शारीरिक अपाङ्गताका बाबजुद पनि दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाको लाहुरेमा अभिनय गरेको छन्, अभिनेता राहुल केसी र केकी अधिकारीले ।

गर्बुजालाई सालैजो, सोरठी, यानिमाया ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जिवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन् । गायक तथा संकलक गर्बुजाको पुराना गीतहरूलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने खोजेको हुन्, राजु केसी र रक्षा बानिया केसीले ।

कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा डान्सको स्टेप दिइरहेका केकी र राहुल नाचेको हेरेर गायक गर्बुजा मुस्कुराइरहेका थिए । गायक गर्बुजा र अभिनेता राहुलको गृह जिल्ला म्यादी हो। हाल अमेरिकालाई कर्मभूमि बनाउँदै आएको राहुलकाअनुसार गर्बुजाले गाएका पुराना गीतलाई पुर्नरेकर्ड तथा भिडियो बनाई गण्डकी क्षेत्रको लोकभाकालाई विश्वमा छरिएका नेपालीमा लैजाने बताउँछन् । नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गर्ने लक्ष्य रहेको निर्देशक निर्माता राजु केसीले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ५८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम