३० असार २०८३, मंगलबार | July 14, 2026

लाहुरे ठाडो भाका ल्याउँदै गायक खड्क गर्बुजा र ताराश्री



काठमाडौं । नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाले ‘लाहुरेः ठाडो भाका’ लिएर आउँदैछन् ।

लोकदोहोर क्षेत्रमा कालिगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने जस पाएका गर्बुजालाई गायनमा ताराश्रीष मगरले साथ दिएकी छन् ।  शारीरिक अपाङ्गताका बाबजुद पनि दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाको लाहुरेमा अभिनय गरेको छन्, अभिनेता राहुल केसी र केकी अधिकारीले ।

गर्बुजालाई सालैजो, सोरठी, यानिमाया ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जिवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन् । गायक तथा संकलक गर्बुजाको पुराना गीतहरूलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने खोजेको हुन्, राजु केसी र रक्षा बानिया केसीले ।

कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा डान्सको स्टेप दिइरहेका केकी र राहुल नाचेको हेरेर गायक गर्बुजा मुस्कुराइरहेका थिए । गायक गर्बुजा र अभिनेता राहुलको गृह जिल्ला म्यादी हो। हाल अमेरिकालाई कर्मभूमि बनाउँदै आएको राहुलकाअनुसार गर्बुजाले गाएका पुराना गीतलाई पुर्नरेकर्ड तथा भिडियो बनाई गण्डकी क्षेत्रको लोकभाकालाई विश्वमा छरिएका नेपालीमा लैजाने बताउँछन् । नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गर्ने लक्ष्य रहेको निर्देशक निर्माता राजु केसीले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ५८ बजे

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित