३० असार २०८३, मंगलबार | July 14, 2026

बायोपिक चलचित्र निर्माण कार्यशालाको तयारी पुरा, संचारमन्त्री शर्माले उद्घाटन गर्ने



बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्य तथा चन्द्र सूर्य सिनेमाको आयोजनामा वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको तयारि पुरा भएको छ ।

सिद्दार्थनगर स्थित होटल एशियन बुद्धमा चैत्र १६ गते दिउसो १ बजे समुद्घाटन हुने सो कार्यशालाको लागि आमन्त्रितहरुको आगमन हुने क्रम जारि रहेको कार्यशालाका संयोजक चलचित्र निर्माता, निर्देशक तथा लेखक बिमल पौडेलले बताए ।

भोली चैत्र १७ , १८ र १९ गते लुम्बिनीमा हुने ३ दिने कार्यशालालाई भब्य रुपमा सफल पार्न सबै पालिका, पर्यटन ब्यवसायी, होटेल ब्यवसायी, लुम्बिनी विकाश कोष, चलचित्र पत्रकार संघ रुपन्देहीसंगको सहकार्यले अझै उत्साहित बनाएको उनले बताए । हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यटकिय क्षेत्र, समग्र लुम्बिनी प्रदेशको विकाश र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक पौडेलले बताए ।

कार्यशालाका लागि चलचित्र पत्रकार संघ रुपन्देहीले चन्द्र सुर्य सिनेमासंग सम्पुर्ण संयोजन गरेको छ । देशभरिका ८ शाखाका चलचित्र पत्रकार नेपालका वरिष्ठ कलाकार सहित स्थानिय पालिकाका प्रतिनिधि, कलेजका बिद्यार्थी लगायत चलचित्र क्षेत्र संग सम्बन्धित व्यक्तिहरुको बाहुल्य उपस्थिति रहने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले बताए ।

कार्यशालामा चलचित्र निर्माण, जिवनीमा आधारित चलचित्रको ईतिहास र बर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्बाद ,पटकथा, पत्रकारिता सम्बन्धी विशेष कक्षा निशुल्क रहने अध्यक्ष न्यौपानेले बताए ।

कार्यशालाको शुक्रबार होटल एशियन बुद्धमा दिउसो १ बजे नेपाल सरकारका संचार,सुचना तथा प्रबिधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसी, अभिनेता सुनिल थापा, निर्देशक तथा लेखक राजेन्द्र सलभ, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, विभिन्न शाखाका प्रतिनिधी, पालिका प्रमुख तथा प्रतिनिधी र यसक्षेत्रका चलचित्र संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने कार्यक्रमका अध्यक्ष किसान पोख्रेलले बताए ।

कार्यशालाको उद्घाटन पछि २ दिन सम्म कार्यशाला लुम्बिनीमा चल्नेछ । कार्यशालाको सहयोगीमा नेपाल पर्यटन बोर्ड, चलचित्र बिकास बोर्ड, चलचित्र पत्रकार संघ रुपन्देही, लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष लगायतका रहेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : ५७ बजे

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक