१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउछ : उपाध्यक्ष पौडेल



दोधारा चाँदनी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउने बताएका छन ।

एमाले कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको मिसन ग्रासरुटको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा उनले यो अभियानले एमाले बलियो बन्ने बताएका हुन ।

“यो अभियानबाट वडास्तरदेखी जिल्ला स्तरसम्मका कमिटीहरु व्यवस्थीत हुन्छन्”, नेता पौडेलले भने, “कमिटीहरु पुनःगठन गर्नुपर्ने, अन्तरविरोध व्यवस्थित गर्नुपर्ने सबै काम हुन्छ, यसले पार्टीलाई बलियो बनाउछ ।” एमालेका सबै कमिटी जनतासँग जोडिएर काम गर्ने उनको भनाइ थियो । उनले पार्टीमा गुट उपगुट नबनाउन नेता कार्यकर्तालाई आग्रह गरे ।

“पार्टीभित्र गुट निर्माणमा कसैले पनि लाग्नुहुँदैन, गुटले पार्टी बलियो हुन सक्दैन”, उनले भने, “पार्टी बलियो बनाउन सबैले आआफ्नो स्थानबाट लाग्न जरुरी छ ।” पार्टीभित्रको द्वन्द्वले एमालेलाई ठूलो घाटा गरेको बताउँदै उनले अन्तरविरोधलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ०६ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल