८ पुस २०८२, मंगलबार | December 23, 2025

पातुखोलामा घडेरी बनाएर बेच्न खाजेपछि…



तुलसीपुर । दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् ।

“त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको रहेछ, त्यो तटबन्ध पूरा गरेको भए करिब १० कठ्ठा जग्गा निकाल्न सकिन्थ्यो”, कार्यवाहक प्रमुख रावतले भने, “त्यो कुरा हामीले थाहा पाएपछि तटबन्ध भत्काएका छौँ ।”

दिउँसो त्यहाँ मजदुरले काम गरिरहेकै सन्दर्भमा उपमहानगरपालिकाको जेसिबी लिएर भत्काइएको हो । त्यहाँ पूर्वतर्फको वडा नं १० मा पर्छ भने पश्चिमतर्फको वडा नं ८ मा पर्छ । ठेकेदार झग्गु भण्डारीले पश्चिमतर्फको जग्गालाई घडेरी बनाउनका लागि रिटेनिङ वाल लगाउन थालेको स्वीकार गरेको कार्यवाहक प्रमुख रावतले बताए । त्यहाँ करिब २५ मिटर जति खोला च्यापिएको थियो ।

केही समय अघिदेखि त्यहाँ तटबन्ध बनाउन थालिएको थियो । पातुखोलामा निर्माण भएको अटोभिलेजबाट केही दक्षिणतर्फ घडेरी बनाउन लागेको थाहा पाएपछि आफूहरू सक्रिय भएको रावतले बताए । पातुखोलामा बजारदेखि नै अतिक्रमण गर्दै आएपछि अन्य क्षेत्रमा पनि अतिक्रमणको दबदबा बढेको छ । केही वर्षअघि उपमहानगरपालिकाले पातुखोलालाई एकदमै जोखिम क्षेत्रका रूपमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ०९ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त