१९ बैशाख २०८१, बुधबार | May 1, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ । उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन् । त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ । चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : २२ बजे

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना