४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री थ्री नेसन कप : उपाधिका लागि लाओससँग भिड्दै नेपाल



काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओस भिड्दैछन् । काठमाडौंको दशरथ रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५:३० बजेदेखि सुरु हुने छ ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफूहरु फाइनलका लागि तयार भएको बताएका छन् । नयाँ खेलाडीहरुको विश्वास बढाउनका लागि यो प्रतियोगितामा जित हात पार्न जरुरी रहेको कप्तान किरणको भनाइ छ ।

अहिलेको अवस्थामा टिम बनाउन नै चुनौतीपूर्ण रहेको बताउँदै किरणले नयाँ खेलाडीसँग छोटो समयमा खेलेको खेललाई आधार मान्दा सबैले राम्रो गर्ने बताए ।

नेपालले यसअघि लाओसमाथि २-० गोल अन्तरको जित हासिल गरेको थियो । नेपालले भुटानसँग भने १-१ गोलको बराबरी खेलेको थियो ।

नेपालसँग हार बेहोरेको लाओसले भुटानलाई भने २-१ ले पराजित गरेको थियो । नेपालसँग बराबरी खेलेसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको