४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्डद्वारा सातौंपटक मन्त्रिपरिषद् विस्तार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

तीन महिनामा सातौं पटक पुनर्गठन भएपनि मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेन । कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई समेटेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेस र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्ने विषयले टुंगो नलाग्दा पाँच प्रधानमन्त्री प्रचण्डलाई पाँच मन्त्रालय अझै केही दिन सम्हानु पर्ने भएको छ भने मन्त्रिपरिषद् विस्तार हुनुकेही समयअघि मात्रै खानेपानीमन्त्री अब्दुल खानले समेत राजीनामा दिएका छन् । अब प्रधानमन्त्रीको टाउकोमा ६ वटा मन्त्रालयको बोझ रहनेभएको छ ।

कांग्रेसबाट पूर्णबहादुर खड्कासहित चार जना मन्त्री बनेका छन् । खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री बनेका छन् । अर्थमन्त्री डा प्रकाश शरण महत बनेका छन् भने रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङ शहरी विकास मन्त्री बनेका छन् । परराष्ट्रमन्त्रीसहित बाँकी तीन मन्त्री टुंग्याउन कांग्रेसले सकेको छैन ।

यसैगरी, माओवादीले उर्जा मन्त्रालय थप पाएपछि शक्ति बस्नेत मन्त्री बनेका छन् । । माओवादीले पाँच मन्त्रालय पाएको छ । यसअघि उपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका छन् । माओवादीले पाएका बाँकी मन्त्रालयका मन्त्री भने साविककै रहेका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबनेका छन् ।

जनता समाजवादी पार्टीबाट अशोक राई मात्र मन्त्री बनेका छन् । दुई मन्त्रालय पाएको जसपाको अर्को मन्त्री टुंगो लगाएको छैन । राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।

यस्तै, लोसपाबाट शरद सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छिन् ।

नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : १८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज