३० असार २०८३, मंगलबार | July 14, 2026

बायोपिक चलचित्र निर्माण कार्यशाला लुम्बिनीमा सुरु, संचारमन्त्री शर्माद्दारा उदघाटन



बुटवल । गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर “जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन” विषयक ३ दिने कार्यशाला शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ ।

चन्द्रसूर्य सिनेमाको आयोजना तथा रुपन्देही चलचित्र पत्रकार संघको सहकार्यमा लुम्बिनीमा हुने कार्यशालाको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले लुम्बिनीसँग जोडेर चलचित्र क्षेत्रको माध्यमबाट विकास र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको उल्लेख गरिन् ।

ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचार र प्रवर्द्धन गर्ने कुरा आफैमा सकारात्मक कुरा भएपनि उत्तिकै सजक र चनाखो समेत हुनु पर्ने आवश्यकता औंल्याइन । नेपाली चलचित्र क्षेत्रको बिकास र समस्या समाधानका लागि हाल मौज्दात रहेको कानून प्रयाप्त नरहेको उल्लेख गर्दै मन्त्री शर्माले नयाँ कानून निर्माणको आवश्यकता औल्याइन ।

यसैगरी चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले प्रयाप्त अधिकारको अभावमा आफूले चाहेर पनि नेपाली चलचित्रको क्षेत्रमा अपेक्षित प्रगती गर्न नसकेको गुनासो गरेका छन् । बाहिरबाट हेर्दा बिकास बोर्डले काम गर्न नसकेको देखिए पनि काम गर्नका लागि प्रयाप्त अधिकार प्राप्त नहुनुनै वास्तविकता रहेको उनले उल्लेख गरे ।

यसैगरी पूर्व मन्त्री तथा लुम्बिनी प्रदेशका सदस्य सन्तोष पाण्डेय, सिद्धार्थानगर नगरपालिकाका प्रमुख मोहम्मत इस्तियाक खाँ लगायतले बोल्दै चलचित्र क्षेत्रको माध्यमबाट शान्ति भूमि गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई परिचित गराउने अभियानलाई कार्यशालाले टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यशाला उदघाटनको स्वागत चलचित्र पत्रकार सघ रुपन्देहीको अध्यक्ष मोहन न्यौपानेले गरेका थिए भने संचालन सघका सचीव विकाश गौतमले गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ०९ बजे

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको