८ पुस २०८२, मंगलबार | December 23, 2025

तनहुँ र चितवनमा एमालेले खनाल र न्यौपानलाई चुनाव लडाउने



काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ र चितवनको उम्मेदवारको नाम टुंगो लगाएपनि बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

पार्टीले अघिल्लो निर्वाचनका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका लोकप्रिय मानिएका एमाले नेता किरण गुरुङलाई उपचुनावमा उम्मेवार बन्न भनेपनि उनीहरुले अस्विकार गरेपछि पूर्वप्रहरी महानिरीक्षक समेत रहेका खनाललाई एमालेले उम्मेदवार बनाएको हो । खनालले उम्मेदवारीका लागि एमाले कार्यालयमा निवेदन नै बुझाएका थिए ।

गत निर्वाचनमा काठमाडौं ६ मा एमाले उम्मेदवार बनेका खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

चितवन २ मा उम्मेदवार छानिएका न्यौपाने भने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीको सिफारिस अनुसार नै न्यौपानेलाई उम्मेदवार बनाइएको हो ।

नेपाल स्वतन्त्र पार्टीबाट तनहुँमा डा. स्वर्निम वाग्ले, चितवनबाट रवी लामिछाने र बाराबाट रमेश खरेल उम्मेदवार बन्ने भएका छन् भने माओवादीले अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : १२ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो