२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सोलार फार्म ग्रुपले लियो झापामा नयाँ फार्म, ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य



काठमाौं । सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने नेपालको अग्रणी कम्पनी सोलार फार्म ग्रुपले झापाको बैगुनधुरास्थित ईस्ट सोलार प्रालीलाई खरिदसम्झौता गरेको छ ।

तनहुँको बेलचौतारामा सौर्य उर्जामार्फत ५ मेघावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिसकेको ग्रुपले झापामा रहेको अर्को कम्पनी खरिदसम्झौता गरेको हो । ३० वर्षका लागि लिजमा लिइएको सो जमिनबाट ६ मेघावाट बिजुली उत्पादन हुने बताइएको छ । सो कम्पनीले लाइसेन्ससम्बन्धी सबै काम गरिसकेको छ ।

कम्पनीले नेपाल बिद्युत प्राधिकरणसंग ६ रुपैयाँ ६० पैसा प्रति युनिटमा २५ वर्षसम्मका लागि पीपीए गरिसकेको सोलार फार्म ग्रुपका अध्यक्ष मोहन गुरुङले बताए । उक्त परियोजनालाई एशियाली विकास बैंकबाट तीन बर्षको  लागि १० रुपैयाँ प्रतियुनिटको दरले थप अनुदान पनि प्राप्त भएको छ ।

हाल कम्पनीको शेयर हस्तातरण सम्बन्धी प्रक्रिया चलिरहेको र यो प्रक्रिया सक्किने वित्तिकै निर्माण कार्य सुरु गरिने र छ महिना भित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : ५६ बजे

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै