४ आश्विन २०८३, आइतबार | September 20, 2026

सैनामैनामा निःशुल्क क्यान्सर परीक्षण शिविर



बुटवल । रुपन्देहीको सैनामैनामा क्यान्सर सम्बन्धी सचेतना तथा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवलसहित विभिन्न ६ वटा संस्थाले संयुक्त रुपमा क्यान्सर सम्बन्धी सचेतना एवं निःशुल्क परीक्षण शिविर आयोजना गरेका हुन् ।

शिविर आयोजना गर्ने अन्य संस्थाहरुमा नेपाल क्यान्सर सहयोग समूह, सैनामैना नगरपालिका, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगर, पर्रोहा बचत तथा क्रृण सहकारी संस्था लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर रहेका छन् ।

सैनामैनाको बाबरी रिसोर्ट परिसरमा रोटरी क्लव अफ बुटवलको १४ सय ५६ औं नियमित बैठकका साथै शिविरको आयोजना गरिएको हो । शिविरको उदघाटन नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराईले गरेका थिए ।

त्यस अवसरमा बोल्दै उनले क्यान्सर सम्बन्धी सचेचना जगाएर समयमै रोग पहिल्याउन सकियो भने धेरै हदसम्म रोग निको पार्न सकिने बताउँदै रोग लाग्नै नदिनका लागि पनि यसबारेको सचेतना अपरिहार्य रहेको बताए ।

कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले क्लवले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्ने प्रतिवद्धता जनाउँदै स्वास्थ्यको क्षेत्रमा क्लवले निरन्तर सचेतनामूलक कार्यक्रमदेखि लिएर अस्पतालहरुमा उपकरणहरु सहयोग गर्दै आएको बताए ।

त्यस्तै सैनामैना नगरपालिकाकी उपप्रमुख उपप्रमुख बिना राना, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्रीलगायतले क्यान्सर सम्बन्धी सचेतना शिविरले सर्वसाधारणलाई यसबाट जोगिनो उपायका बारेमा जानकारी हुने भन्दै समय समयमा यस्ता शिविर सञ्चालन गर्नुपर्ने बताएका थिए ।

शिविरमा निःशुल्क क्यान्सर परीक्षणका लागि ८ जना चिकित्सकको टोली खटिएको थियो । शिविरमा विशेषगरी महिलामा हुने स्तन क्यान्सर र पाठेघर सम्बन्धी क्यान्सर परीक्षणलाई मुख्य प्राथमिकता दिइएको थियो ।

शिविरमा करिव ६०० जना सहभागी भएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ५४ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार