३ आश्विन २०८३, शनिबार | September 19, 2026

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता हुने



बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता तथा राष्ट्रिय भेला हुने भएको हो ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिइएको थियो । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उदघाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्याराथनको दूरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले २० चैतसम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ ।

म्याराथन प्रतियोगितामा जिल्ला बाहिरका सहभागी खेलाडिलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताए । म्याराथनतर्फ प्रथम हुने पुरुषले एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी पाँचौ हुनेलाई २० हजार, छैंठौ हुनेलाई १० हजार, सातौं हुनेलाई ७ हजार, आठौं हुनेलाई पाँच हजार, नवौं र दशौं हुनेलाई पाँच-पाँच हजार दिने उनले बताए ।

त्यसैगरी महिलातर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौ हुनेलाई २० हजार, छैठौं हुनेलाई १० हजार, सातौं हुनेलाई ७ हजार, आठौ, नवौ र दशौं हुनेलाई पाँच-पाँच हजार दिने आयोजकको भनाइ छ ।

प्रतियोगितामा सयौँको सहभागिता रहने आचार्यको भनाइ छ । २०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ३८ बजे

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज