२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सेयर बजार १६.६७ अंकले घट्याे



काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से सुचकमा १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा आएर रोकिएको छ ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३ अङ्कले बढेर ३५२.७१ विन्दुमा पुगेको छ। साेमबार नेप्से सुचकको ३३ कम्पनीमा उकालो लागेको छ । १७३ कम्पनीमा ओरालो लागेको छ भने १० कम्पनी स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से सुचक २० अंकले घटेर १८८८ विन्दुमा अडिएको थियो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ । यसको ३ करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसि एसियाको २ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ ।

यता १३ उपसुचकहरु मध्ये ट्रेडिङ सुचक बाहेक सबै उपसुचकहरुमा ओरालो लागेको छ । साेमबारको कारोबारमा कालिनचोक दर्शनको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ०६ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव