३ आश्विन २०८३, शनिबार | September 19, 2026

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी

गौतम र भण्डारी अलग अलग प्यानल बनाएर चुनावी मैदानमा, कोषाध्यक्षमा न्यौपाने निर्विरोध



बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शरु भएको छ ।

संघको नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन । सोमबार भएको उम्मेदवारी दर्तामा संघको कोषाध्यक्ष पदमा वाहेकका पदमा दोहोरो उम्मेदवारी परेको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शरु भएको छ । यही चैत २४ र २५ गते हुने संघको २२ औ साधारण सभा तथा ११ औ अधिबेशन हुने भएको छ ।

नयाँ नेतृत्वका लागि सोमबार भएको उम्मेदवारी दर्ताको समय तालिकाअनुसार कोषाध्यक्षमा रामबहादुर न्यौपानेको मात्रै उम्मेदवारी परेको छ भने अन्य सबै पदमा दोहोरो उम्मेदवारी परेको छ ।

दुवै प्यानलका अध्यक्षका उम्मेदवारले आफनो जित सुनिश्चित भएको दावि गरेका छन । मुलुकमा देखा परेको आर्थिक मन्दीले होटल व्यवसाय पनि थला परेको बेला हुन थालेको संघको अधिबेशनमा दुवै प्यानलका अध्यक्षका उम्मेदवारले व्यवसायीहरुले भोग्नु परेका समस्यामा केन्द्रित हुने दावी गरेका छन ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी बाबुराम गौतमले यस क्षेत्रका व्यवसायीका समस्या समाधान र चर्को घर भाडा दोहारो कर र यस क्षेत्रका पर्यटन व्यवसायीलाई टेवा पुराउने गरि बुटवलमा पर्यटन कार्यालय स्थापन लगायतमा आफनो प्यानलको ध्यान रहने औल्याए ।

त्यस्तै अध्यक्षका प्रत्यासी लेखनाथ भण्डारीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सरेसंगै यहाँका व्यवसायीले खेप्नु परेका तमाम समस्याको समाधानमा पहलकदमी रहने औल्याए । कोभिडले थलापारेको व्यवसायी संरक्षण गदै रुपन्देहीमा व्यवसायीक एकतामा ध्यान दिने प्रतिवद्धता जनाए ।

संघको वरिष्ठ उपाध्यक्षमा माधव कुमार खनाल र टंक प्रसाद पोखरेल, पर्यटन उपाध्यक्षमा चुत्र बहादुर पौडेल रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा केशवराज कंडेल, टैक प्रसाद पराजुली प्रकाश, द्धितीय उपाध्यक्षमा प्रेम प्रसाद भटराई, खुमराज ज्ञवाली, महासचिवमा अर्जुन थापा मोहनलाल पाण्डे कोषाध्यक्षमा रामबहादुर न्यौपाने, सचिवमा थम्मन बहादुर भण्डारी, डिल्लीराज अर्याल सह सचिवमा अर्जुन पोख्रेल मोहन बस्याल र सहकोषाध्यक्षमा कृष्ण प्रसाद पाण्डे ., माधव ढकाल मैदानमा उत्रिएका छन ।

संघको १० पदाधिकारी ११ सदस्य सहित २१ पदका लागि ४१ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद बस्यालले बताए । संघमा १ हजार २ सय ३ जना मतदाता रहेका छन ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ३४ बजे

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज