१९ बैशाख २०८३, शनिबार | May 2, 2026

वीरगन्ज महानगरको फोहर टेलिकम कार्यालयमा



वीरगन्ज । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो ।

वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ ।

टेलिकमले अप्टिकल फाइबार विच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको र पटकपटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहर फाल्नुपरेको महानगरप्रमुख राजेशमान सिंहले बताए ।

कार्यालयमै फोहर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उनको भनाइ थियो । गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकामा हालसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको महानगरप्रमुख सिंहले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : ५६ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन