१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मोफसलमा बढ्दै चलचित्र गतिविधि



काठमाडौं । चलचित्रको गतिविधि प्रायः काठमाडौं उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनको लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् ।

प्रिमियर, घोषणालगायतका कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’ को प्रिमियर कास्कीको पोखरा हुने भएको छ । मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारकै लागि गर्ने यस्ता गतिविधि निकै कम छन् ।

निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल र लेखक तथा निर्देशक प्रमोद कँडेलको सहभागितामा प्रिमियर हुने जानकारी दिए । “मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोचले आयोजना गरेका हौँ । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रम निरन्तर हुन् जरुरी छ”, निर्माता पौडेलले भने । चलचित्रको प्रिमियर काठमाडौंमा बुधबार साँझ सम्पन्न भइसकेको छ ।

पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीमार्फत सकारात्मक प्रतिक्रिया पाइएको निर्देशक कँडेलले बताए । “हामीले निरन्तररूपमा बनिरहेका चलचित्रमा यसलाई फरकरूपमा तयार गरेको प्रयासले सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारबाट राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौँ”, निर्देशक कँडेलले भने । निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा भएको थियो ।

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो। निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलमा बढ्दो बजारलाई टेवा पु¥याउने उद्देश्यले प्रिमियर गरिएको बताए । “हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझैँ कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्न पनि प्रिमियर गरेका थियौँ”, निर्माता बानियाँले भने, “प्रिमियर, पत्रकार सम्मेलनलगायतका गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । चलचित्रले मोफसलबाटै झन्डै लगानी उठाएको थियो”, उनी आफ्नो आगामी चलचित्र ‘महाजात्रा’ लाई काठमाडौं मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा छन ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : ५२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान