१ पुस २०८२, मंगलबार | December 16, 2025

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय



काठमाडौं । १० दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बिहीबार बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको छ । यद्यपि, केही सुझाव भए बेलुका ५ बजेसम्म दिन भनिएको र ५ बजे सार्वजनिक गर्ने सहमति भएको उनले बताए ।

गठबन्धनले गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्न बिहीबार बैठक बसेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कांग्रेस कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाइएको थियो । उक्त कार्यदलले तयार पारेको कार्यक्रमलाई अनुमोदन गर्न बिहीबार शिर्र्षनेताहरुको बैठक बसेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ११ : ४० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज