८ पुस २०८२, मंगलबार | December 24, 2025

उपनिर्वाचनकाे आचारसंहिता आजदेखि लागु हुने, क-कसलाई लाग्छ ?



काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । बारा-२, चितवन-२ र तनहुँ-१ मा आगामी १० बैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क-कसलाई लाग्छ आचारसंहिता ?

(क)  नेपाल सरकार र नेपाल सरकारका मन्त्री,

(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,

(ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी,

(घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,

(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य,

(च) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,

(छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,

(ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,

(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,

(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,

(ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,

(ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति,

(ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,

(ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,

(ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,

(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,

(थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,

(द) मतदाता,

(ध) विकास साझेदार संस्था,

(न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका  कर्मचारी,

(प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,

(फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,

(ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ०३ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना