७ माघ २०८२, बुधबार | January 21, 2026

नेपाली सेनाको सर्भरमा साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ



काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल पक्राउ गरेको जनाएको छ ।

सर्भर साइबर आक्रमण भइरहेको भन्ने नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएपछि पोखरा-१९ बाटुलेचौरबाट बिहीबार उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार ढकाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको र सोहीबमोजिम अनुसन्धान कार्य थालिएको उपरीक्षक रायले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : १६ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत