२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपाली सेनाको सर्भरमा साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ



काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल पक्राउ गरेको जनाएको छ ।

सर्भर साइबर आक्रमण भइरहेको भन्ने नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएपछि पोखरा-१९ बाटुलेचौरबाट बिहीबार उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार ढकाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको र सोहीबमोजिम अनुसन्धान कार्य थालिएको उपरीक्षक रायले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : १६ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको