२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पौवाले मनायो ७ औ स्थापना दिवस, ११ शाखामा ११ वटै सामाजिक कार्य



बुटवल । होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको प्रधान कार्यालय सहित बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ भने भैरहवा शाखाले पनि गल्लामण्डी स्थित शाखाबाट प्रभातफेरि सहित भीम अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारी, संचालक गणेश पोखरेल, लगानीकर्ता केशव न्यौपाने लगायतले फलफुल वितरण गरेका थिए भने भैरहवाको भीम अस्पतालमा संचालक हरि थापा सहितको टोलीले फलफुल वितरण गरेको थियो ।

त्यसैगरि पोखरा शाखाले ¥याली सहित मानवसेवा आश्रम पुगेर त्यहाँ आश्रितहरुलाई फलाहार भोजन गराएर स्थापना दिवस मनाएको छ भने पाल्पा शाखाले लुम्बिनी मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना भएका आमाहरुलाई फलफुल वितरण गरेको छ ।

उता रेशुङ्गा र गोरुसिङ्घे शाखाले स्थानी मन्दिर र सार्वजनिकस्थलको सरसफाई गरेर स्थापना दिवस मनाएको पौवाले जनाएको छ । पौवाको भालुवाङ शाखाले निलसागर आश्रममा आश्रितहरुलाई फलाहार भोजन, घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानको मोडिकल वार्डका विरामीलाई फलफुल वितरण तथा धनगढी शाखाले सेती प्रादेशिक अस्पतालमा भर्ना रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।

उनका अनुसार जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रसुती वार्डमा फलफुल वितरण गरेको छ । स्थापना दिवस मनाउन पौवामा आवद्ध कर्मचारी, लगानीकर्ता र शुभचिन्तकहरु नेपाली खना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरिमा निस्केका थिए ।

पौवाले अघिल्लो साता मात्र आफ्नो एघारों शाखा पोखरामा उदघाटन गरेको थियो भने १२औं शाखा काठमाडौंको गौशालामा खोल्ने तयारी पुरा भएको होटलका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए । १० वर्षमा १०० शाखाको अभियानमा पौष अगाडि बढी रहेको उनले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : ०२ बजे

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव