७ माघ २०८२, बुधबार | January 21, 2026

काठमाडौंका मेयर बालेनको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको आपत्ति



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो अभिव्यक्तिप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेताहरुलाई लक्षित गर्दै मेयर बालेनले अभिव्यक्ति दिएपछि महासचिव पोखरेलले पनि ट्वीटरमार्फतै आपत्ति जनाएका हुन् । शनिबार ट्वीट गर्दै पोखरेलले बालेनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको जिकिर गरेका छन् ।

त्यसअघि शनिबार बिहान मात्रै मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

एमाले महासचिव पोखरेलले जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन्।

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : ०२ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत