४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक



काठमाडौं । आजभोली कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा सेकेर रोटी पकाउने गरिएको छ । रोटी फुलाउन वा आकर्षक देखाउन पनि ग्याँसमा सेक्ने गरिएको छ । आगो वा ग्यासमा सेकेको रोटी खान स्वादिलो र फुलेको देखिन्छ । अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन्।

तर स्वाद र सुन्दरताका लागि सेकिएको रोटी स्वास्थ्यका लागि हानिकारक रहेको एक अनुसन्धानले देखाएको छ । जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित हालैको अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मानेको छ । ती प्रदूषक हावाको नाम कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड हो। प्रत्यक्ष आगोबाट वा ग्यासबाट निस्केने रसायनमा सिधै रोटी पोल्दा मानव शरिरमा अनावश्यक रसायन प्रवेश गर्ने र स्वास्थ्यमा हानी पु¥याउने अनुसन्धानकर्ताहरुको भनाई छ ।

उता, फुड स्ट्यान्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा. पल ब्रेन्टद्वारा २०११ मा प्रकाशित अनुसन्धानले ‘प्रत्यक्ष आगोमा पकाउँदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ’ भनि उल्लेख गरेका छन ।

सिधै आगोमा पकाएको रोटीले स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने अहिले नै पूर्ण रूपमा भन्न सकिन्न । यस विषयमा अझै अनुसन्धान आवश्यक छ। तर, अहिलेसम्मको अनुसन्धानलाई हेर्दा यसरी रोटी पकाउँदा स्वास्थ्यलाई हानि पुरयाउन सक्छ, त्यसैले तावामा नै रोटी पकाउने अनुसन्धानकर्ताहरुको सुझाव छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ५४ बजे

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर