२ असार २०८३, मंगलबार | June 16, 2026

एन आई सी एशियाका ग्राहकले बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने



काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकलाई न्यूरोड, काठमाडौंमा अवस्थित केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ ।

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र बर्फी स्वीट्सको तर्फबाट सह–संस्थापक प्रियाले हस्ताक्षर गरेका हुन् ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै सम्पन्न उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरेका ग्राहक एवं बैंकका कर्मचारीहरूले बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : ११ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज

सशस्त्रले रोकेको ‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी