९ भदौ २०८३, मंगलबार | August 26, 2026

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ ।

पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको रास्वपाले जनाएको छ ।

त्यस्तै हालसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । यसैगरी सिन्धुपाल्चोक, सिरहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएको उनले बताए ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : १५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त