७ पुस २०८२, सोमबार | December 22, 2025

रोटरी क्लब अफ बुटवल चौतारी र चौराह हस्पिटल बीच सम्झौता



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह हस्पिटलबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् ।

सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार गर्ने हेतुले बुटवल नगरपालिका वडा नं. ११ मा चौराह हस्पिटल प्रा.लि. र रोटरी क्लब अफ बुटवल चौतारी बीच सहमती भए संगै विरामीले उपचार सेवामा विशेष छुट पाउने भएका हुन ।

‘यो सम्झौताले हाम्रा सदस्यहरुले राम्रो र शुलभ मुल्यमा उपचार पाउनेछन् । देख्दा सामान्य लागेपनि यसबाट धेरैले लाभ लिने निश्चित छ’ रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसीले भने ।

कुनै सदस्यहरुको सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएमा उपचारका लागि क्लवले सिफारिस गरेको अवस्थामा अस्पतालले सम्पूर्ण खर्चको जिम्मेवारी लिने गरी अस्पताल संग सम्झौता भएको क्लवका अध्यक्ष सन्तोष केसीले बताए । साथै उनले उपचारार्थ आउने विरामीहरुको लागि नियमित शुल्कमा पनि छुट प्रदान गरिने सम्झौता भएको बताए ।

अस्पतालका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवरले बेड चार्ज, सम्पुर्ण परिक्षण, अप्रेसन चार्जमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने गरी क्लव संग सम्झौता भएको बताए । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अस्पताल का म्यानेजिङ डाईरेकटर बिरु भण्डारीले रोटरी क्लब अफ बुटवल चौतारी संग सम्बन्ध स्थापित गर्नु आफ्ना लागि पनि उपलब्धी भएको बताए ।

कार्यक्रममा क्लब का अध्यक्ष सन्तोष के।सी को अध्यक्षता, सुदिप थापाको संचालन र दिनेश मणि सुवेदी को स्वागतमा भएको थियो । कार्यक्रममा बिष्णु घिमिरे ,थानेस्वर पान्डे लगायतले आफनो भनाई राखेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : १० बजे

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा