७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

उपचारमा लापरवाही भएको भन्दै बिरामीका आफन्तहरुले क्षतिपूर्तिको मागसहित बुटवलको चौराह अस्पतालमा गरे घेराउ



बुटवल । बुटवलको चौराह अस्पतालमा उपचारको क्रममा लापरवाही भएको भन्दै बिरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको मागसहित बुटवल कालिकानगरस्थित चौराह अस्पताल घेराउ गर्न पुगेका थिए ।

५ महिना अघि गत मंसिर २७ गते साँझ स्कुटर दुर्घटनमा परी चौराह अस्पतालमा उपचार गराउन पुगेका किरणको खुट्टा फ्याक्चर भएको देखिएपछि चिकित्सकले अप्रेशन गरेका थिए । मंसिर २८ गते अप्रेशनपछि ५ दिनसम्म अस्पतालमै बसेका किरण घर फर्किएर करिब २ साता फलोअपका लागि अस्पताल जाने गरेको किरणका आफन्त बताउँछन् । अन्तिममा चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गरेका थिए । उक्त समयसम्म खुट्टाका सबै मासु कुहिएर फाल्नु पर्ने स्थितीमा पुगेको र अहिले काठमाडौंकै एक अस्पतालमा उपचारपछि नियमित फलोअपमा रहँदा लाखौ रकम खर्च भएको भन्दै आफन्तहरुले उपचारमा लापरवाही गर्दा यस्तो स्थिती आएको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।

बिरामीका दाजु दिवाकर थापाका अनुसार अस्पतालले सुरुमा क्षतिपूर्ति बापत उपचार खर्च दिने मौखिक सहमती गरे पनि हाल आएर उक्त सहमती अनुसार क्षतिपूर्ति दिन नमानेपछि आफूहरुले अस्पताल घेराउ गर्नुपरेको दाबी गरे । ‘सुरुमा के कति खर्च हुन्छ त्यसबापतको रकम दिने विषयमा हेर्छौ भनेर भनियो । अहिले आएर रकम क्षतिपूर्ति दिँदैनौं जे गर्न सक्छौं गर, भन्ने ढङ्गको कुरा आउन थालेपछि बाध्य भएर अस्पताल घेराउ गर्नू परेको हो ।’-किरणका दाजु दिवाकरले भने ।

अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले भने क्षतिपूर्ति दिने विषयमा कुनै पनि सम्झौता नभएको दाबी गरे । उपचारका क्रममा कुनै कमजोरी भएमा कानूनी उपचार खोज्ने बाटो खुला रहेको बताउँदै उनले त्यसका लागि आफूहरु तयार रहेको उल्लेख गरे । अस्पतालका हाड जोर्नी तथा नशारोग विभाग प्रमुख प्रकाश रानाभाटले पीडित भनिएका बिरामीलाई मानवीय हिसाबले केही सहयोग गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिए । ‘हामीले गल्ती नै नगरी क्षतिपूर्ति दिने भन्ने कुरा हुँदैन । बिरामीको अवस्था र आर्थिक स्थिती अनुसार मानवीय समवेदनाका हिसाबले केही सहयोग गर्ने कुरा मात्रै हो ।’-रानाभाटले भने, ‘यदी उहाँहरुले हामीलाई गल्तीनै गरेको ठान्नुहुन्छ भने कानूनी उपचार र अनुसन्धानका लागि हामी तयार छौं ।’

शुक्रबार ठूलो भिडसहित अस्पताल घेराउ गर्न आएका समूहलाई भोली शनिबार छलफलका लागि बोलाउने सहमतीपछि घर फर्काइएको थियो । सम्भावित घटनालाई मध्यनजर गरी ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली सुरक्षाका लागि अस्पतालमा खटिएको थियो । अस्पतालमा बारम्बार क्षतिपूर्तिको मागसहित आउन थालेपछि ईलाका प्रहरी कार्यालय बुटवललाई सुरक्षाका लागि १ महिनाअघि निवेदन गरिएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले बताए । विगत ५ महिनादेखि अस्पताल र बिरामीका आफन्त बीच क्षतिपूर्तिको विषयमा विवाद हुँदै आएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ०० बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि