५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा खुल्यो नेपाली जुत्ता घर, एकै छानामुनी १० नेपाली कम्पनीका जुत्ता किन्न पाइने

सरकारले जुत्ताको अबैध आयात नरोके सिंहदरवारको प्रवेशद्वारमा जुत्ताको थुप्रो लगाइदिने जुत्ता उत्पादकको चेतावनी



बुटवल । नेपालमा उत्पादन भएका जुत्ताहरु अव बुटवलको एउटै पसलमा किन्न पाइने भएको छ । नेपालमै पहिलो अभ्यासको रुपमा बुटवलमा विभिन्न प्रतिष्ठित फुटवयर कम्पनीका उत्पादन एउटै छानामुनी ‘नेपाली जुत्ताघर’ मा पाइने भएको हो । बुटवलको मिलनचोकमा संचालनमा रहेको डेल्टामार्टमा यही वैशाख १ गतेदेखि नेपाली जुत्ताहरुको साझा विक्री कक्षका रुपमा ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आउने भएको हो ।

स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी गराए । नयाँ वर्षको अवसरमा पारी बुटवलको डेल्डा मार्टको पहिलो फ्लोरमा सञ्चालन हुने जुत्ता घर बारेमा जानकारी गराउने उद्देश्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी नेपाली उत्पादनको प्रवर्द्धन गर्ने जुत्ताघरको लक्ष्य रहेको बताए ।

अबैधानिक बाटोबाट भित्रिएका जुत्ता चप्पलले नेपाली उत्पादनलाई धारासायी बनाएको उल्लेख गर्दै उनले राज्यले अबैध बाटोबाट जुत्ता भित्रिन दिने परिपार्टीको अन्त्य गर्न माग गरे । उनले राज्यले नेपाली उत्पादकको माग सम्बोधन नगरे सिंहदरबार पस्ने गेटमा जुत्ताको थुप्रो लगाएर बाटो बन्द गरिदिने चेतावनी पनि दिए ।

पत्रकार सम्मेलनमा बोल्दै जुत्ता घरका सञ्चालक चोला प्रसाद पाठकले बुटवलमा संचालन हुने जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जानकारी दिए । सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधीभर डिलर मुल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रालिको बि. एण्ड डियर हिल, लालिगुराँस फुटवेयरको क्रस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् । नेपालका उत्पादन बारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । बुटवलमा सञ्चालनमा ल्याइएको जुत्ताघर सफल भएमा देशका अन्य शहरमा पनि शाखा विस्तार गर्ने लक्ष्यमा रहेको उनले बताए ।

नेपालमा हाल १५ बढी फुटवेयर उद्योगहरु रहेका छन् भने अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष सुरज बन्जाडेले बताए । यस क्षेत्रमा ४० अर्व बढी लगानी हुनुका साथै हजारौंले प्रत्येक्ष रोजगार प्राप्त गरिरहेको उनले बताए ।

 

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : ५० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता