३ आश्विन २०८३, शनिबार | September 19, 2026

बुटवलबाट ब्यापारीको विस्थापन रोक्न शेरचनले घटाए घरभाडा



बुटवल । बुटवलका मुख्य बजार क्षेत्रमा धमाधम सटर खाली हुन थालेपछि घरधनीहरुको ध्यानाकर्षण हुन थालेको छ । महङ्गो घर भाडा र खस्कँदो व्यवसायका कारण धमाधम ब्यापारीहरु विस्थापित हुन थालेपछि पछिल्लो समय बुटवलको मुख्य बजार अमरपथ लाईनमा मात्र २ दर्जन बढी सटर खाली भइसकेका छन् ।

धमाधम ब्यापारीहरु विस्थापित हुन थालेपछि मुख्य बजार क्षेत्रका घरधनी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिएर व्यापारीहरुको बिस्थापन रोक्ने सुरुवात गरेका छन् । आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बेला शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा व्यवसाय गर्ने ब्यवसायीहरुलाई १५ देखि २० प्रतिशत सम्म छुट दिने घोषणा गरेका छन् ।

पछिल्लो समय ब्यापार ब्यवसायमा कमी भएका कारण बहाल बुझाउन असहज भएको अवस्थालाई मध्यनजर गर्दै ब्यवसायीहरुलाई राहत स्वरुप बहालमा १५ देखि २० प्रतिशत २० छुट गरिएको घरधनी शेरचनले बताए । उनले हाललाई एक बर्षका लागी छुट दिईएको र अवस्था हेरी यसलाई निरन्तर गरिने पनि बताए । उनले व्यवसायीहरु धमाधम विस्थापित हुँदा पनि उएदोग बाणिज्य संघ र उपमहानगरपालिकाले ठोस पहल नगरेको गुनासो गर्दै त्यस्ता संघ संस्थाहरुले घरधनीहरुसंग समन्वय गरेर बजार टिकाउने उपाय खोज्नुपर्ने सुझाव दिए ।

शेरचनले बिगत कोरोना महामारीको समयमा पनि ३ महिना घरभाडा मिनाहा गरेका थिए । शेरचनकोमात्र अमरपथ लाईनमा दर्जन बढी ब्यवसायिक सटरहरु संचालनमा छन् ।

आर्थिक मन्दी र राजधानीको स्थानान्तर पछि बुटवलका अधिकांस व्यवसायीहरु विस्थापित भएका छन् । त्यसैका कारण मुख्य बजार क्षेत्रमा ठुलो संख्यामा सटर खाली भइसकेका छन् । राजधानी स्थानान्तर पछि बुटवलमा भाडामा लागेका धेरै फ्ल्याटहरु पनि खाली हुन पुगेका छन् । भाडामा दिनकै लागि बैंकबाट ऋण लिएर घर बनाएका घरधनीहरुको घर खाली हुँदा ठुलो समस्या उत्पन्न भएको एक घरधनीले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : १२ बजे

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज