१८ श्रावण २०८३, सोमबार | August 3, 2026

‘द कफी हब’ ले नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम गर्ने



बुटवल । तिलोत्तमा-३ योगीकुटी, शान्तिचोकमा ‘द कफी हब’ ले नेपाली नयाँ वर्ष २०८० को अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपाली संस्कृति झल्किने विभिन्न साँस्कृतिक गीत तथा नृत्यसहित वैशाख १ गतेको साझलाई संगीतमय बनाउने भएको हो ।

एक दर्जन बढी रमालाई खेलहरुसँगै लाइभ कन्सर्ट, फायर शो, डान्स शो, सिंगिङ लगायतका कार्यक्रम गरी नयाँ वर्ष मनाउन लागिएको कफिहबका प्रबन्ध निर्देशक तिरास लामटाङ्गेले जानकारी दिए । यस क्षेत्रका कफी पारखीहरुलाई लक्षित गरी सञ्चालनमा आएको कफी हबले नयाँ वर्षको पहिलो खिन साँझको ५ बजेदेखि राती ९ बजेसम्म आफ्नै प्राङ्गणमा साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा बेलुन फुटाल्ने, बिस्कुट खाने, पेपर फोल्डिङ, चाउमिन खाने, स्पाइसी करेन्ट चाउचाउ खाने, फेसवास क्रिम कम्पिटिशन, कफी कम्पिटिसन, म्युजिकल चियर, पुसअप कम्पिटिसन, मःम कम्पिटिसन तथा सियोमा धागो घुसाउने लगायतका खेलहरु खेलाइने प्रवन्ध निर्देशक लाम्टाङ्गेले बताए । उक्त प्रतियोगिताहरुमा दर्शकहरुले निःशुल्क रुपमा सहभागी हुन पाउने तथा विजेतालाई अकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रमका अवसरमा कफिका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए । कफिहबले यसका साथै अन्य पर्व तथा दिवसहरुमा समेत फरक-फरक गतिविधि सञ्चालन गर्दै आएको छ । कफी हबमा विभिन्न किसिमका कफीहरु लगाएत केक, बेकरी र कन्फेक्सनरीका परिकारहरु उपलब्ध रहेका छन् । लामटाङ्गे एक दशक बढी समयदेखि हस्पिटलिटिका क्षेत्रमा आवद्ध छन् । चाइना र हङ्गकङ्गबाट होटल म्यानेजमेण्ट अध्ययन गरेका उनले नेपालका प्रतिष्ठित सोल्टी क्राउन, रेडिशन लगाएतका होटलहरुमा काम गरेको अनुभव छ भने बुटवलका विभिन्न प्रतिष्ठित कलेजहरुमा अध्यापन गराएको अनुभव समेत रहेको छ ।

दुई वर्ष अघि करिब ३५ लाख लगानीमा सुरु गरिएको कफी हबले सेवा विस्तार गर्दै छिट्टै ब्राञ्च स्थापनाको तयारीमा समेत रहेको निर्देशक लामटाङ्गेले बताए । हस्पिटालिटी कक्षा समेत सञ्चालन गर्दै आएको कफी हबले स्थापनाको छोटो समयमै ३ सय बढी विद्यार्थीलाई तालिम प्रदान गरेको छ । बेकरी तथा वारिष्ठा तालिम सञ्चालन गर्दै आएको कफी हबबाट सीप सिकेर विद्यार्थीहरु विदेशमा समेत जाने गरेका छन् । मुख्यगरी माल्दिभ्स, दुबई तथा इथोपियाका लागि सिधै रोजगारदाता कम्पनीसँग सम्पर्क गराई सीप सिकेकाहरुलाई काममा पठाउने गरिएको निर्देशक लामटाङ्गेले बताए । सीप सिक्न आउने गरिब तथा विपन्न वर्गकालाई निःशुल्क रुपमा समेत अध्यापन गराइएको उनले बताए ।

पछिल्लो समय युवाहरु बीच कफि क्रेज बढ्दै गएको बताउँदै उनले दैनिक आउने ग्राहकको रोजाईमा हट कफीतर्फ क्यापाचिनो, एक्सप्रेसो, डोपियो लगायतका परिकार पर्ने गरेका छन् । यसैगरी कोल्ड कफीतर्फ आइस अमेरिक्यानो, आइस क्यापाचिनो तथा क्याफे मोका पर्ने गरेको उनले बताए । कफी हबमा करिब ५ दर्जन स्वादका कफी उपलब्ध हुने उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ४९ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं