२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने



काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो । परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते साँझ ठमेलमा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । “नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नुका साथै तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछन्”, अध्यक्ष शर्माले भने। साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ ।

अध्यक्ष शर्माले पछिल्लो समय नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै यसले ठमेलका व्यवसायीमा नयाँ आशा जगाएको बताए ।

परिषद्का महासचिव राजीव पाण्डेले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवले विदेशमा ठमेलको बारेमा सकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

उक्त सडक महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले अपेक्षा राखेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : २२ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा