२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

महासङ्घ निर्वाचन : जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फको मतदान सकिएको छ भने एशोसिएटतर्फतको मतदान जारी रहेको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए । “बिहान ८ बजेदेखि सुरु भएको मतदान बीचमा केहीबेर अवरोध भएकाले थप दुई घण्टा समय थप गरेर साँझ ६ बजेसम्म कायम गरिएको छ”, उनले भने, “हालसम्म जिल्लानगर र वस्तुतर्फको मतदान सकिसकेको छ भने एशोसिएटतर्फ एक हजार पाँच सयभन्दा बढी मत खसिसकेको छ ।”

महासङ्घका अनुसार वस्तुगततर्फ एक सय २३ र जिल्ला नगरतर्फ एक सय १९ जना मतदाता छन् भने एशोसिएटतर्फ एक हजार सात सय ६२ मतदाता छन् । निर्वाचन अधिकृत कर्णका अनुसार जिल्लानगर र वस्तुगततर्फ शतप्रतिशत मतदान भएको छ ।

यो निर्वाचनबाट आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुनिँदैछ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन् । अहिले वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र सङ्घई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचनमा सङ्घई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हीराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन् । अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् । उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् ।

महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेबीच प्रतिस्पर्धा भइरहेको छ । मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सविन श्रेष्ठ आमनेसामने छन् । गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी छ । त्यस्तै, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्लको उम्मेदवारी छ ।

संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ । उहाँहरुमध्ये एकजना निर्वाचित हुनेछन् । वस्तुगत सङ्घतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् ।

त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एसोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ०९ बजे

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म

कैलाली-५ मा नेकपा उम्मेदवार प्रेम आलेद्वारा २० बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य

चुनबाङ पुगेर प्रचण्डले सम्झिए सशस्त्र युद्धबाट शान्तिको बाटो तय गरेको ऐतिहासिक बैठक (फोटोफिचर)

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो ।