३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही मोडल इंग्लिस एकेडेमीमा शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर-५ मा रहेको रुपन्देही मोडल इंग्लिस एकेडेमीमा शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा उप-प्रमुख राधा बन्जाडे, विद्यालय सञ्चालक समिति अध्यक्ष सागर केसी, वडा नम्बर ५ का वडा अध्यक्ष धन प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका शिक्षा शाखा उप-प्रमुख बन्जाडेले शिक्षा क्षेत्रको सुधारका लागि सबैजना लाग्नुपर्ने बताईन । विद्यालयका अध्यक्ष सागर केसीले समयसापेक्ष शिक्षा प्रदानमा विद्यालयले योगदान दिँदै आएको बताए । उनले विद्यार्थीहरुको मानोविज्ञानालाई आधरित रहेर शिक्षा प्रदान गर्नु विद्यालयको दायित्व भएको भन्दै सोही अनुसारको शैक्षिक वातावरण निर्माण गरी अध्यापन गराउदै आएको समेत बताए ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष प्रकाश पौडेल, शिक्षक जीवन देवान, विद्यालयका प्रधानाध्यापक जे.एन. पाण्डे, शिक्षाप्रेमी कुल बहादुर केसीले समयमा सान्दर्भिक शिक्षामा जोड दिएका थिए । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कप, मेडल, प्रमाण पत्र सहित सम्मान गरिएको शेयर सदस्य फटिक केसीले बताए ।

साथै सोही कार्यक्रममा नगरस्तिरिय कक्षा ८ को नतिजामा उत्र्तीण भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । रुपन्देही पश्चिम क्षेत्रमा वि.स. २०६६ सालमा स्थापना भएको यो विद्यालयले छाटो समयमा नै राम्रो नतिजा ल्याउन सफल भएको छ । विद्यालयमा प्ले ग्रुप देखि देखि ८ सम्म कक्षा सञ्चालित छन् ।

 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ७ : ४९ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय