२८ माघ २०८२, बुधबार | February 11, 2026

भुतखोलाले लियो थप एक युवकको ज्यान, नयाँवर्ष मनाउन पुगेका युवाको खोलामा डुबेर मृत्यु



बुटवल । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुल खोलाले थप एक युवाको ज्यान लिएको छ । नयाँवर्ष मनाउन रुपन्देहीबाट भुतखोला पुगेका एक युवाको डुबेर मृत्यु भएको छ ।

नयाँ वर्ष मनाउन भन्दै शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान करिव साढे १० बजेको समयमा पोखरी हेर्न पुगेका शिवम ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए । साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने क्रममा बाटो मै मृत्यु भएको दोभान प्रहरीले जानकारी दिएको छ । अस्पताल पुगेसँगै चिकित्सकले मृत्यु घोषणा गरिदिएका थिए । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा प्रचार प्रशार तथा संरचनाहरु निर्माण गरिएको भुतखोलामा केही समयअघि पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १ : ४८ बजे

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना