७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

भुतखोलामा डुबेर एकजनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका २ भुतखोलामा घुम्न पुगेका एकजनाको भुतखोलामा डुबेर मृत्यु भएको छ । राजमार्गकै छेउमा पर्ने तिनाउको पर्यटकीय स्थल भुत खोलामा फोटो खिच्ने क्रममा भुतखोलामा डुबेर आइतबार दिउँसो पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर(४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका पठानले फोटो खिच्न बनाइएको सेल्फी जोनको पुलमा बसेर फोटो खिच्ने क्रममा ढुँगामा चिप्लेर खोलामा खसेका थिए । खोलाको पानी जमेर बनेको तलाउमा पठान डुबे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : १३ बजे

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौँ । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच