४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त



बुटवल । लामो समयदेखि रिक्त रहेको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बुटवलका उद्योगी अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ । प्रदेश सरकारमा अल्पमत देखिएका लिला गिरी नेतृत्वको सरकारले श्रैष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि रुपन्देही उद्योगसंघको वरिष्ठ उपाध्यक्ष र महासचिवको रुपमा काम गरेको अनुभव रहेका ५३ वर्षिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पस काठमाडौंबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी रोटरी क्लव अफ बुटवलमा २००८–००९ मा अध्यक्ष बनेका थिए भने २०१२–१३ मा एसिस्टेन्ट गभर्नर बनेका थिए ।

श्रेष्ठले सञ्चार उद्यमीको २०५४ सालदेखि दैनिक जनसंघर्ष, बुटवल टुडे, दैनिकपत्र हुँदै पत्रिकाको संस्थापक प्रवन्ध सञ्चालक रहेका काम गरेका थिए । मन्त्रिपरिषदको बैठकले विकास समितिको सदस्यमा कपिलवस्तुकी लक्ष्मी खनाललाई नियुक्ती गर्ने निर्णय गरेको बताइएको छ ।

शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेको सुर्य भट्टराईलाई कुलप्रसाद केसी नेतृत्वको प्रदेश सरकारले हटाएपछि विकास समिति बिना नै अस्पताल संचालन भइरहेको थियो । प्रदेश सरकारले अघिल्लो हप्ता मात्र एमालेकै स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले नियुक्त गरेको प्रादेशिक अस्पतालका मेसु डा.इन्द्र ढकाललाई हटाएर डा. सुदर्शन थापालाई मेसुमा नियुक्त गरेको थियो ।

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ३३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज