४ पुस २०८२, शुक्रबार | December 20, 2025

आईपीएल : राजस्थानको चौथो जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । राजस्थानले आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकाल्यो ।

अहमदाबादमा गुजरातले प्रस्तुत गरेको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा कप्तान सन्जु सामसनले ६० रन बनाए । सामसनले ३२ बलमा तीन चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, सिम्रन हेटमायरले २६ बलमा दुई चौका र पाँच छक्कासहित ५६ रन बनाए । देवदत्त पाडिकलले २६, ध्रुव जुरेलले १८ र रविचन्द्रन आश्विनले १० रन बनाए । गुजरातका मोहम्मद सामीले तीन विकेट लिए । राशिद खानले दुई विकेट लिँदा नुर अहमेद र हार्दिक पन्ड्याले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७७ रनको योगफल खडा गरेको थियो । गुजरातका डेविड मिलरले ४६ रन बनाएका थिए । सुभमन गिलले ४५, कप्तान हार्दिक पन्ड्याले २८, अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए । ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको