१६ असार २०८३, मंगलबार | July 1, 2026

मुम्बई विरुद्ध अयरको विस्फोटक ब्याटिङ, पञ्जाब किङ्स आईपीएलको फाइनलमा



काठमाडौं । पञ्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । पञ्जाबले क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै आगामी ३ जुनमा हुने बेंगलुरुविरूद्को फाइनल भेट पक्का गरेको हो । यससँगै आईपीएलले नयाँ विजेता पाउने पनि पक्का भएको छ ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले २०४ रनको लक्ष्य १९ ओभरमै पछ्याएर पूरा गर्‍यो । कप्तान श्रेयस अयरले छक्का हानेर टिमलाई जित दिलाए । उनले ४१ बलमा अविजित ८७ रनको विस्फोटक पारी खेले । उनको पारीमा ५ चौका र ८ छक्का समावेश थिए । श्रेयसबाहेक नेहल वाधेराले ४८ र जोश इंग्लिसले ३८ रन बनाए । उता मुम्बईका अश्विनी कुमारले २ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४-४४ रनको पारी खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका लागि अजमतुल्लाह उमरजईले २ विकेट लिए । पञ्जाब किङ्स सन् २०१४ पछि पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । अब उसले ३ जुनमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग फाइनल खेल्नेछ ।

आरसीबीले क्वालिफायर-१ मा पञ्जाबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको यात्रा क्वालिफायर-२ मा आएर समाप्त भयो । मुम्बईले एलिमिनेटरमा गुजरातलाई हराएको थियो, तर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टिम क्वालिफायर-२ पार गर्न असफल रह्यो । पञ्जाब र आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन्, त्यसैले यो पटक प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : १३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी