२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि



काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो उपाधि जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्स रलाई ६ रनले हराएको हो ।

१९१ रनको लक्ष्य पछ्याउँदै गरेको पञ्वाबद१८४ रनमै समेटियो । उपाधि जितेपछि विराट कोहली मैदानमै रोएका छन् ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९१ रनको लक्ष्य पछ्याउँदै रहेको पञ्जाब किंग्स १८४ रनमै रोकियो । बेंगलुरूका तर्फबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाए ।

पञ्जाबका जितेश शर्माले तीव्र ब्याटिङ गर्दै २४० स्ट्राइक रेटमा १० बलमा २४ रन जोडे । क्रुणाल पाण्ड्याले १७ रन दिँदै २ विकेट लिए । भुवनेश्वर कुमारले पनि २ विकेट लिए। पञ्जाबबाट अर्शदीप सिंह र काइल ज्यामिसनले समान ३–३ विकेट लिए ।

आरसीबीको टोली आईपीएल इतिहासमा आठौं च्याम्पियन बन्ने आठौं टोली बनेको छ ।

यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  १२ : १६ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका