३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाल-भारत सीमाको नेपालगन्ज नाकाबाट दिनहुँ कोरोना संक्रमित भित्रँदै, नाकामा छैन ‘होल्डिङ सेण्टर’



नेपालगन्ज । नेपाल भारत सीमाको नेपालन्ज स्थित जमुनाहा नाकाबाट हरेकदिन जसो कोरोना संक्रमित भित्रने गरेका छन् । नाका हुँदै भित्रने संक्रमितको तथ्याँक संकलन गरिएपनि होल्ड गर्ने व्यवस्था नहुँदा त्यस्ता संक्रमितलाई सिधै घर पठाउने गरिएको छ ।

शनिबार ४ जनामा संक्रमण पुष्टी भएकोमा आइतबार भारतबाट फर्कने ८ जनामा कोरोना संक्रमण पुष्टी भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ निरीक्षक तेज वलीले जानकारी दिए ।भारतको विभिन्न ठाउंबाट आएका बांकेलगायत जिल्लाका ८ जनालाई कोरोना देखिएको उनले बताए ।

संक्रमितहरुमा भारतमा काम गर्ने क्रममा कोरोना देखिएपछि नेपाल फर्किने गरेको पाइएको छ । संक्रमण बढ्नेक्रमले निरन्तरता पाएपनि सरकारी निकायले भने तथ्याँक संकलन गर्ने बाहेक जोखिम न्युनिकरण गर्ने कुनै काम गरेको छैन । संक्रमितलाई सिधै घर पठाइँदा संक्रमितले यात्रा गर्ने सवारीसाधनका अन्य यात्रु, उनले बाटोमा प्रयोग गर्ने होटल/रेष्टुरेन्ट वा संक्रमितसँग सम्पर्कमा आउने जो कोहीलाई कोरोना सर्न सक्ने जोखिम देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सावधान रहन परिपत्र गरेपनि नाकामा आइशोलेसन केन्द्र नहुँदा संक्रमण फैलन सक्ने देखिएको हो । नाकामा छुट्टै बस्ने तरिका, होम आइशोलशनमा बस्दा अपनाउनु पर्ने मापदण्ड र कोरोना संक्रमणका बारेमा काउन्सिलिङ गरेर होम आइसोलेशनमा पठाइने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । उनले नाकामा चेकजाँचलाई कडाई गरिएको बताउँदै बढ्ने क्रम नरोकिए नाकामा नै आइसोलेशन केन्द्र खोल्न सकिने बताए ।

नेपालगन्ज नाकामा पछिल्ला दिनमा दैैनिक नै संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ०९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका