३० चैत्र २०८२, सोमबार | April 13, 2026

दोगडाकेदारमा हत्या प्रकरण : स्थानीय युवक नै संलग्न रहेको आशङ्का



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ ।

जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ । संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पुरानो रिसिइबीका कारण ती युवकले जोशीको हत्या गरेका हुनसक्ने जनाइएको छ । केही महिना अगाडि मात्रै जोशी र हत्यामा संलग्न ती युवकका परिवारबीचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ ।

सोही पुरानै विवादका कारण अहिले पनि घटना हुन पुगेको प्रहरीको आशङ्का छ । संलग्न रहेका भनिएका युवक घटनालगत्तै फरार रहेका छन् । फरार ती युवकको खोजी जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रहरी निरीक्षक खत्रीको दाबी रहेको छ । उनको खोजीका लागि जिल्ला र जिल्ला बाहिर तथा सीमानाकामा हुलियासहित पठाइएको छ । प्रहरी निरीक्षक खत्रीले भने, “फरार ती युवकको फोन लोकेशनलगायतका आधारमा खोजी जारी छ । छिट्टै नियन्त्रणमा ल्याउँछौँ ।”

हत्या फरार रहेका ती युवकको मात्रै नभएर घटनामा अन्य पनि संलग्न हुनसक्ने अनुमान प्रहरीको छ । जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ५४ बजे

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख