४ पुस २०८२, शुक्रबार | December 20, 2025

किसानको दुधको पैसा नतिर्ने बुटवलका २ पसलमा किसानले दिए धर्ना

पैसा नतिर्नेमा डेरि उद्योगका पूर्व अध्यक्ष देखि कस्तुरी मिस्ठान्नसम्म



बुटवल । दुग्ध सहकारीबाट दुध खरिद गरेर सहकारीको पैसा नतिरेपछि बुटवलका २ वटा ब्यवसाययीक स्थलमा दुग्ध सहकारीका किसानहरुले धर्ना दिएका छन् । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र डेरि उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका नेत्र पाठकले संचालन गरेको पाठक दुध डेरीले दुधको पैसा नतिरेको भन्दै किसानहरुले धर्ना दिएका हुन् ।

दुध खरिद गरेको रकम पटक पटक ताकेता गर्दा पनि नतिरेको भन्दै किसानहरु आएर दुबै पसलमा धर्ना दिएका हुन् ।

रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरुलाई लिएर सहकारीकै अगुवाइमा किसानहरु धर्ना दिन आएका छन् । लामो समय सम्म दूधको पैसा नदिएपछि सहकारीले किसानलाई आन्दोलनमा उतारेको हो ।

सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी छ । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्नामा बस्नु परेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।

पाठक डेरिले जिल्ला डेरि उद्योग संघको रोहबरमा एक हप्तामा साटिने भाका राखेर १० लाखको चेक दिएका छन् भने बाँकी पैसा भोली नगदै दिने सहमति गरेको धर्ना बस्न आएका एक किसानले बताए । कस्तुरी मिस्ठान भण्डारले भने अझै पैसा दिने संकेत नगरेको उनले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको