२८ चैत्र २०८२, शनिबार | April 11, 2026

किसानको दुधको पैसा नतिर्ने बुटवलका २ पसलमा किसानले दिए धर्ना

पैसा नतिर्नेमा डेरि उद्योगका पूर्व अध्यक्ष देखि कस्तुरी मिस्ठान्नसम्म



बुटवल । दुग्ध सहकारीबाट दुध खरिद गरेर सहकारीको पैसा नतिरेपछि बुटवलका २ वटा ब्यवसाययीक स्थलमा दुग्ध सहकारीका किसानहरुले धर्ना दिएका छन् । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र डेरि उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका नेत्र पाठकले संचालन गरेको पाठक दुध डेरीले दुधको पैसा नतिरेको भन्दै किसानहरुले धर्ना दिएका हुन् ।

दुध खरिद गरेको रकम पटक पटक ताकेता गर्दा पनि नतिरेको भन्दै किसानहरु आएर दुबै पसलमा धर्ना दिएका हुन् ।

रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरुलाई लिएर सहकारीकै अगुवाइमा किसानहरु धर्ना दिन आएका छन् । लामो समय सम्म दूधको पैसा नदिएपछि सहकारीले किसानलाई आन्दोलनमा उतारेको हो ।

सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी छ । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्नामा बस्नु परेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।

पाठक डेरिले जिल्ला डेरि उद्योग संघको रोहबरमा एक हप्तामा साटिने भाका राखेर १० लाखको चेक दिएका छन् भने बाँकी पैसा भोली नगदै दिने सहमति गरेको धर्ना बस्न आएका एक किसानले बताए । कस्तुरी मिस्ठान भण्डारले भने अझै पैसा दिने संकेत नगरेको उनले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : ०१ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र