२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

दाङमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु



दाङ । दाङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुइ जनाको मृत्यु भएको छ । भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका –११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेका छन् । मृतक दुबैको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।

तुलसीपुर तर्फ गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको बताइएको छ । ट्रक चालक नवलपरासी ३ पिपराका धु्रवकुमार यादवलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ४२ बजे

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक