काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
बुधबार राति करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु २ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए । घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिका–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया