१८ श्रावण २०८३, सोमबार | August 3, 2026

माओवादी नेता एवं व्यवसायी श्रीसको मगरघाटमा अन्तेष्टी



बुटवल । उपचारको क्रममा निधन भएका माओवादी केन्द्रका नेता एवं नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य, महासंघ लुम्बिनी प्रदेश कार्य वाहक अध्यक्ष खेम बहादुर श्रीसको आज अन्तेष्टी गरिएको छ । आज बिहान मगर घाटमा उनको अन्तेष्टी गरिएको हो ।

मगराघाटमा अन्तिम श्रद्दान्जलि दिन लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगर, नेकपा (माओवादी केन्द्र) स्थायि समिती सदस्य हकि कुल्ला खा, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, प्रदेश समिती सदस्य तथा जिल्ला अध्यक्ष नारायण जिसि निर्मल, नेपाल उद्योग ब्यापार महासंघका सचीव खेम नारायण पराजुली, विभिन्न दलका नेता, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

नेकपा (माओवादी केन्द्र) का रुपन्देही जिल्ला समन्वय समिती सदस्य एवं जिल्ला आर्थिक विभाग प्रमुख समेत रहेका स्व. श्रीसको पार्थिव शरीरमा माओवादी केन्द्रका स्थायी समिति सदस्य खाँन, प्रदेश अध्यक्ष बराल , जिल्ला अध्यक्ष जिसिले कम्युनिष्ट पार्टीको झन्डा ओढाइ श्रद्धान्जली अर्पण गरेका थिए ।

२०२३ मङ्सिर ५ गते बाग्लुङ जिल्लामा जन्मेका स्व श्रीस २०४० सालदेखि कम्युनिष्ट आन्दोलनमा जोडिनु भएको थियो । बिद्धुत संग सम्बन्धित ब्यावसायमा आबद्ध उनी राजनीति संगै विभिन्न संघ संस्थाहरुमा आवद्ध थिए ।

उनी चैत्र ४ गते करेन्ट लागेर गम्भीर घाइते भएका थिए । करेन्ट लागि गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पतालमा उपचार भैरहेको थियो । करेन्टले भन्दा पनि लडेर घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको र त्यसको अपरेसन सफल भए पनि बचाउन नसकीएको उपचारमा सँगै रहेका ब्यापार महासंघका सचिव पराजुलीले बताए । स्व. श्रीसको श्रीमती १ छोरा र १ छोरी छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : २२ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं